सल्यान, ११ असार ।
कर्णाली प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोद कुमार शाहले कपुरकोट कृषि हाटबजारको अवलोकन गर्नुभएको छ । मन्त्री शाहले मंगलबार कपुरकोटमा संचालित हाटबजार र चिस्यान केन्द्रको अवलोकन गर्नुभएको हो ।
मन्त्री शाहले तरकारीको बजारीकरण र विषादी प्रयोगको बारेमा चासो राख्नुभएको हो । उहाँले कपुरकोटमा तरकारीको विषादी परिक्षणका लागि आवश्यक उपकरण खरिदमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्री शाहले कपुरकोटमा विषादी परिक्षण प्रयोगशाला आवश्यक रहेको भन्दै प्रयोगशालामा आवश्यक उपकरण तत्काल व्यवस्था गरी प्रयोगशाला संचालनमा ल्याउनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : २०८१ असार ११ गते मङ्गलवार


