दाङ, ३० चैत । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट करदाता सम्मान प्रदान गरेको छ। स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उपमहानगरपालिकाले राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विभिन्न संघसंस्थालाई सम्मान गरेको हो।
यसैक्रममा तुलसीपुर उपमहानगरपालिका–२ स्थित श्री भाग्य लक्ष्मी क्रसर उद्योगलाई आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा धेरै कर तिरी नगरको राजस्व संकलन तथा समग्र विकासमा योगदान पुर्याएको भन्दै “उत्कृष्ट करदाता सम्मान” प्रदान गरिएको हो।
उपमहानगरपालिकाले प्रदान गरेको सम्मान–पत्रमा उद्योगले नियमित रूपमा कर तिरेर स्थानीय सरकारको आर्थिक सुदृढीकरण तथा नगर विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।
कार्यक्रममा उद्योगले नगरको विकासमा सहयोग पु¥याउँदै आएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै सहकार्यको अपेक्षा गरिएको बताइएको छ।
सम्मान–पत्रमा प्रमुख प्रशासकीय अधिकृत काशीराज पाँडे, नगर प्रमुख टिकाराम खड्का र प्रमुख अधिकृत वेतनारायण आचार्यको हस्ताक्षर रहेको छ। सम्मान २०८२ चैत ३० गते प्रदान गरिएको हो।
तुलसीपुर उपमहानगरपालिकाले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ।


