दाङ, ८ चैत्र । दाङ भ्याली यातायात प्रालि लमही शाखाको संयोजकमा धनीराम चौधरी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । संस्थाका अध्यक्ष महेन्द्र महराको अध्यक्षतामा शनिबार लमहीमा बसेको विशेष व्यवसायीक भेलाले नयाँ कार्यसमिति गठन गरेको हो ।
शाखाको सह–संयोजकमा शिबुु चौधरी, महिला सदस्यमा राम कुमारी चौधरी, सदस्यहरुमा शिव कुमार भण्डारी, सीताराम चौधरी, दुबिलाल चौधरी, मनोज चौधरी, सुनुवा चौधरी चयन भएका छन् भने कार्यालय कर्मचारीमा संगीता चौधरीलाई नियुक्त गरिएको छ ।
यातायात प्रालिको संस्थागत संरचना मजबुद हुँदै गएको र व्यवसायीहरूका दुर्घटना व्यवस्थापनमा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष महराले चर्चा गर्नुभयो । जिल्लाभर संस्थाका ५ वटा शाखाहरु सञ्चालमा रहेको उहाँले बताउनुभयो ।
भेलामा हालसम्म भएका गतिविधिको समीक्षा गरिएको थियो भने संस्थाको आगामी योजना समेत प्रस्तुत गरिएको थियो । दाङ भ्याली यातायात प्रा.लिमा जिल्लाभर एक हजार बढी तीन पाङ्ग्रे सवारी साधन आबद्धता लिई सञ्चालनमा रहेका छन् । देउखुरी क्षेत्रमा १ सयको हाराहारीमा संस्थामा तीन पाङ्ग्रे सवारी साधनले दर्ता आबद्धता लिएका छन् ।


