२०८३ असार ७ गते आइतवार

तुलसीपुरको पातुखोलामा अज्ञात समुहद्वारा सिलिन्डर बम बिस्फोट

दाङ, ५ फागुन । तुलसीपुरमा आज बिहान सिलिन्डर बम पड्केको छ । तुलसीपुर–६ अटोभिलेजदेखि तलतिर सुकौरारोडको गाइपालन फर्मदेखि पश्चिमतर्फ पातुखोलामा अज्ञात समुहले सिलिन्डर बम विष्फोट गराएको हो ।

मंगलबार बिहान साढे ७ बजेतिर बम विष्फोट गराएको आवाज आएको हो । घटनास्थलमा सिलिन्डरका टुक्राहरु फेला परेका छन् ।

निर्वाचनको मिति नजिकिदै गर्दा चुनावलाई लक्षित गरेर त्रसित गराउन अज्ञात समुहले विष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनामा अरु कुनै क्षति भने भएको छैन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले प्रहरी घटनास्थलमा पुगेको बताउनुभयो । बिहान साढे ७ बजेतिर आवाज आएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस