२०८३ भाद्र ७ गते आइतवार

जीवन ज्योति नमुना माविको वार्षिक अभिभावक भेला : सहयोगीदातादेखि पुर्व विद्यार्थीलाई सम्मान


सल्यान, १३ मंसिर । जीवन ज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोट–५ रिम, सल्यानले शुक्रबार वार्षिक अभिभावक भेलासहित विभिन्न कार्यक्रम गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता तथा भौतिक योजना तथा यातायात पूर्व मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

यस्तै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, कर्णाली प्रदेशकै भूमि व्यवस्था तथा कृषि सहकारी पूर्व मन्त्री भिम प्रकाश शर्मा र कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा नयाँ भवनहरूको उद्घाटन, विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्ति वितरण, ४० जना गौरवशाली पूर्व विद्यार्थीलाई सम्मान गरिएको छ । यस्तै जीवन ज्योति स्वावलम्बी उत्थान कोषका १११ जना सहयोगीदातालाई सम्मान तथा सहयोग रकम सार्वजनिक गरिएको छ ।

कार्यक्रममा कपुरकोट–५ रिम निवासी खड्ग केसी, टिकाराम केसी र कन्ठकुमारी केसीले बुवा आमाको सम्झनामा १ लाख ११ हजार १ सय ११ रुपैँया बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।

यस्तै सोहि ठाउँ निवासी यज्ञबहादुर शाहका परिवारबाट स्वावलम्बी उत्थान कोषमा १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ ७८ पैसा हस्तान्तरण गरिएको छ । कोषमा अहिलेसम्म कुल २० लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको सार्वजनिक गरिएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपाल साहुले बितेको आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गर्नुभयो ।

यस्तै शैक्षिक स्मारिका–२०८२ को लोकार्पण गरिएको छ भने कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक–कर्मचारीहरू प्रदिप पुन, हर्कबहादुर थारू, खुमबहादुर बुढाथोकी, जालमसिंह महतारा, दोर्णबहादुर साहु र यज्ञबहादुर विकलाई सम्मान गरिएको छ ।

यसैगरी शिक्षक हर्कबहादुर थारू र विशाल पोख्रेललाई बिदाइ गरिएको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक भीमसेन बिएमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण अर्का सहायक प्रधानाध्यापक खर्कसिंह बोहराले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस