दाङ, १० मङ्सिर । घोराही उपमहानगरपालिका–१८ सालघारीमा खुल्ला बास्केटबल प्रतियोगिता–२०८२ सुरु भएको छ ।
जिल्ला बास्केटबल संघ दाङको आयोजनामा बुधवारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिका–१८ का अध्यक्ष भरतमणि अर्यालले गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै अर्यालले खेलकुद क्षेत्रको विकासले स्वस्थ्य र अनुशासित बनाउन सहयोग गर्ने बताउनुभयो ।
खेलकुदको विकासका लागि सवैका विचमा सहकार्य आवश्यक रहेको भन्दै अध्यक्ष अर्यालले स्थानीय सरकारका रुपमा आफुले खेलकुद क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।
जिल्ला बास्केटबल संघ दाङका अध्यक्ष बिपिन केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहदेखि खेलकुदलाई अनिवार्य शिक्षाका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको उद्घाटनसत्रमा बोल्ने अन्य बक्ताहरुले खेलकुदको विकाससँगै दक्ष खेलाडी उत्पादनका लागि खेलकुदका प्रतियोगितासँगै पूर्वाधार विकासमा सरकारले ध्यानदिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगर खेलकुद समितिका संयोजक नरेन्द्र , धर्मेन्द्र श्रेष्ठ, प्याव्सन घोराही नगर अध्यक्ष बालकृष्ण ओलीलगायतले प्रतियोगिताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो ।
कार्यक्रमको सहजीकरण मिनराज भाटले गर्नुभएको हो । मंसिरको १३ गतेसम्मसम्म सञ्चालन हुने प्रतियोगितामा दाङ, रुपन्देही, नवलपरासी र काठमाडौ जिल्लाका सात टिमको सहभागीता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाणपत्र र उपबिजेता हुने टिमले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र गर्नेछ ।
प्रतियोगिताको टाइटल स्पोन्सरमा दाङ ड्रिम प्रपटी प्राली र मुख्य स्पोन्सरमा डायमण्ड स्पा एण्ड बाथ सेन्टर रहेका छन् । प्रतियोगिताका खेलहरु सालघारीस्थीत बास्केटबल कोर्डमा भइरहेका छन् ।


