२०८३ भाद्र १० गते बुधवार

भ्रष्टाचारविरुद्धको आन्दोलनपछि दाङमा गौमातासंग प्रार्थना

दाङ, ३० भदौ । जेनजीले गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनमा नेपालभर भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै अब यस्तो दिन कहिल्यै भोग्न नपरोस् भन्ने कामना गरिएको छ ।

देश र नागरिकमा चाँडै शान्ति, खुशी, समृद्धि र सम्पन्नता आओस् भन्दै दाङका युवाहरूले जय जीव दर्शनलाई आत्मसाथ गर्दै बेल्झुन्डी गौशालामा गौमातासँग प्रार्थना गरेका हुन् । उनीहरूले खानेकुरा पिठो अर्पण गरी गौमातालाई प्रसन्न पारेका छन् ।

भक्ति योग कार्यक्रममा दाङका समाजसेवी उपेन्द्र पौडेल, योगी आदित्यनाथ गौशाला बेल्झुन्डीका संस्थापक अनिल बिष्ट, समाजसेवी तथा व्यवसायी भूपबहादुर भण्डारी, अभियन्ता मेघराज केसी, सन्दीप गौतम, सुरेन्द्र रोकाया, राम योगी लगायत अन्य सर्वसाधारणको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस