२०८३ भाद्र ७ गते आइतवार

भिरमाथिबाट खसेको ढुंगाले लागेर दिदी–बहिनीको मृत्यु

सुर्खेत, २० असार । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी–बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो ।

बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

प्रहरीसमेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस