
दाङ, १७ असार ।
लायन्स क्लब अफ स्वर्गद्वारी तुलसीपुर–४ रक्षाचौरले आज पद हस्तान्तरण तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ। लायन वर्ष २०२४/२५ की अध्यक्ष लायन मिना थापाको अध्यक्षतामा क्लबको बैठक बसेको हाे ।
बैठकले लायन वर्ष २०२५/२६ का लागि नयाँ कार्यसमिति गठन गर्दै अध्यक्षमा लायन कृष्ण बहादुर खड्का, सचिवमा लायन सालिकराम गौतम र कोषाध्यक्षमा लायन सुस्मा जिसीलाई चयन गरेको छ। साथै अन्य कार्यसमिति सदस्यहरूलाई पनि जिम्मेवारी तोकी बधाई सहित पद हस्तान्तरण गरिएको छ।
सो अवसरमा क्लबका संस्थापक अध्यक्ष लायन डा. सम्शेर थापालाई व्यवस्थापन विषयमा पीएचडी उपाधि हासिल गर्नुभएकोमा क्लबले सम्मानसहित बधाईसमेत दिएको थियो।
कार्यक्रममा डिष्ट्रिक्ट एक्जिक्यूटिभ चिफ लायन ध्रुव गौतम, पिआरो चिफ लायन तारा प्रसाद पोख्रेल, पूर्व अध्यक्ष लायन सुरेन्द्र ब. खड्का, डा. सम्शेर थापा लगायतले नयाँ कार्यसमितिलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा पूर्व अध्यक्ष लायन बिण्णु खनाल, लायन नन्दलाल पुन, लायन लोकमणि गौतम, किशोर भण्डारी लगायतको उपस्थिति रहेको थियो। राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. रञ्जित कुमार साह विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।