२०८३ साउन ३ गते आइतवार

तुलसीपुर–कपुरकोट सडक पहिरोले अवरुद्ध


सल्यान, १६ असार । तुलसीपुर-कपुरकाेट सडक अवरुद्ध भएको छ । राप्ती राजमार्गको सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोलामा ठूलो पहिरो खसेपछि सडक सम्पूर्ण रुपमा अवरुद्ध भएको हाे ।


साेमबार साँझ ६:०५ बजेदेखि पहिरोका कारण सवारी आवागमन ठप्प बनेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। सडक सुचारु नभएसम्मका लागि यात्रु तथा सवारी चालकलाई आवतजावत नगर्न अनुरोध गरिएको छ।
प्रहरीले सडक अवरुद्धका बेला अनावश्यक यात्राबाट जोगिन र पूर्णरुपमा सडक खुलाएपछि मात्र सुरक्षित यात्रा गर्न सबैलाई आग्रह गरेको छ।

सडकको अवस्थाबारे थप जानकारी लिनका लागि प्रहरी चौकी कपुरकोट (९८५७८७८३३३), जिल्ला प्रहरी कार्यालय सल्यान सञ्चार शाखा (९८५७८९००७७), कन्ट्रोल (९८५७८९०५०२) वा प्रहरीको आपतकालीन नम्बर १०० मा सम्पर्क गर्न सकिने जनाइएको छ।


जिल्ला प्रहरी कार्यालय, सल्यानका अनुसार सडक खुलाउने प्रयास तीव्र रूपमा जारी छ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस