
सल्यान, १९ जेठ । सल्यानमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका–७ का ५१ वर्षका दलबहादुर थापाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।
शारदा नगरपालिका–७ रामेखोलाबाट ढोडचौर जाँदै गरेको रा १ त ३२४६ नम्बरको टयाक्टरबाट झर्दा लडेर थापाको टाउकोमा गम्भीर चोट लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार लडेर गम्भिर घाइते भएका थापाको तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सल्यानमा लगेको केहीबेरमै मृत्यु भएको हो ।
रामेखोलाबाट ढोडचौर जाने क्रममा थापा अर्को ट्याक्टरमा चढ्नका लागि झर्दा ट्याक्टर बाट लडेको प्रहरीले जनाएको छ । मृतक थापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते सोमवार