
दाङ, ११ जेठ । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएका ९ जनामध्ये ६ जनालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाका अनुसार सल्यान कपुरकोट गाँउपालिका–५ रीमका ६२ वर्षका भिमा बुढा, सोही ठाँउका ६७ वर्षका मञ्जिता बोहोरा, ३८ वर्षका विजय बुढाथोकी, कपुरकोट गाँउपालिका–४ का ४६ वर्षका सिता बुढा, १५ वर्षका सपना बुढाथोकी, कपुरकोट गाँउपालिका–६ का गारेलाल बोहोरा घाइते भएका छन् ।
घाइते ६ जानको राप्ती प्रादेशिक अस्तपाल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यस्तै कपुरकोट गाँउपालिका ५ का ४५ वर्षका चन्द्रकला महतारा, १८ वर्षका पुष्पा महतारा र ८ वर्षका रोशनी महतारालाई उपचारको लागि नेपागंज रेफर गरिएको प्रहरीले जनाएको छ ।
सल्यानबाट तुलसीपुरतर्फ आउदै गरेकाे लु १ ज १६३७ नम्बरको जिप आज दिउँसो करिब १ बजेतिर कपुरकोट गाँउपालिका–३ लामिडाडामा दुर्घटना भएको हाे । गाडी अनियन्त्रित भई सडकबाट करिब ४ मिटर तल खसेको प्रहरीको जनाएको छ ।
गाडी चालक कपुरकोट गाँउपालिका–५ रिमका ३७ वर्षका ज्ञान बहादुर महतारालाई प्रहरीले यिनयन्त्रणमा लिएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।