२०८२ असार ३ गते बुधवार

अविरल वर्षापछि अवरुद्ध बनेको विपी राजमार्ग संचालनमा


बनेपा, ३० वैशाख । अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो ।

बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो ।

बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको उहाँले बताउनुभयो ।

बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको छ । अहिले सडक पूर्ण रुपमा सञ्चालमा आएको छ ।

पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो ।

अहिले रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस