
दाङ, १६ बैशाख ।
तुलसीपुर उपमहानगरपालिकाकाे गाडीले आज बिहान स्कुटीलाई ठक्कर दिदा दुई जना घाइते भएका छन् ।
सुकैराबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ झ १४२ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको प्र.२–००१ प–१६७९ नम्बरको स्कुटीलाई तुलसीपुर उपमहानगरपालिका–५ स्थित सुकैरा रोड, पानी ट्यांकी नजिकै ठक्कर दिएकाे हाे ।
घाइते भएका स्कुटी चालक तुलसीपुर–५ बस्ने ४२ वर्षीय शंकर रेग्मी र उहाँकाे ४ वर्षीया नातिनी प्रिन्स बुढाथोकीलाई तत्कालै राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि भर्ना गरिएको छ। रेग्मीको दायाँ खुट्टामा सामान्य चोट लागेको छ भने नातिनीको टाउको, छाती, मुख र निधारमा चोट लागेको बताइएको छ।
दुर्घटनामा संलग्न कार चालक तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख ४२ वर्षकी रेवा रावतलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएकाे प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।