२०८२ जेष्ठ ५ गते सोमवार

रोल्पामा सिमेन्ट बोकेको टेलर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भिर घाइते


रोल्पा, १५ बैशाख ।
रोल्पामा सिमेन्ट बोकेको टेलर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामासहचालक दाङको घोराही उपमहानगरपालिका–११ हापुरका २९ वर्षीय आयुष गिरीको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै टेलर चालक रोल्पा परिवर्तन गाउँपालिका–२ का करिब ३० वर्षीय कृष्ण प्रसाद डाँगी गम्भीर घाइते भएको रोल्पा प्रहरीले जनाएको छ ।

घाइते डाँगीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका डाँगीलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

घोराहीबाट नुवागाउँतर्फ जाँदै गरेको ना १ क ६९६८ नम्बरको सिमेन्ट बोकेको टेलर
त्रिवेणी गाउँपालिका–२, दुईखोलीमा दुर्घटनामा परेको हो । टेलर सडकबाट करिब १५० मिटर तल खोलामा खसेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस