
आज २०८२ साल वैशाख १२ गते शुक्रबार। वैशाख कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अप्रिल २५ तारिख। विश्व औलो दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।]
माधवा शर्मा -ज्योतिषाचार्य तथा वास्तु विद् मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र 984806079
मेष -आज आत्मविश्वास बढ्नेछ। बोलिमा माधुर्यता राख्नुभयो भने काम सहजै बन्न सक्छ। सानो यात्राको योग छ। खर्चमा संयमता आवश्यक छ।
वृष -पुराना मित्रसँग भेटघाट होला। मनमा आशा पलाउने दिन हो। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। प्रेम र स्नेहमा प्रगाढता बढ्नेछ।
मिथुन -कामको चाप बढ्न सक्छ, तर प्रयास अनुसार परिणाम पनि आउनेछ। ठूलाबडाको सुझाव उपयोगी हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोस।
कर्कट -धार्मिक वा सांस्कृतिक कार्यक्रममा सहभागी हुने मौका मिल्न सक्छ। पढाइ वा अध्ययनमा प्रगति हुने समय हो। यात्राबाट लाभ मिल्नेछ।
सिंह -परिवारमा खुसी छाउनेछ। मन रमाउने खालको काम गर्न पाइनेछ। यद्यपि, निर्णय लिनुअघि सोचविचार गर्नुपर्छ। अरुको कुरामा नपर्नु राम्रो।
कन्या -पुरानो कामलाई नयाँ ढंगले अगाडि बढाउन सकिनेछ। व्यापारमा गति आउने सम्भावना छ। आत्मबलले कठिन कार्य पनि सहजै सुल्झन सक्छ।
तुला -पारिवारिक जिम्मेवारी बढ्नेछ। मन अलमलिन सक्छ, तर साथीहरूको सहयोगले राहत मिल्नेछ। नयाँ सम्पर्क भविष्यमा लाभदायक हुनेछ।
वृश्चिक -विवेकले काम गर्दा सफलता मिल्नेछ। कुनै अधुरो काम सम्पन्न हुनसक्छ। आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना देखिन्छ।
धनु -साहस र लगनशीलता बढ्नेछ। अध्ययन वा व्यवसायमा उत्साहजनक उपलब्धि मिल्नेछ। पारीवारिक समर्थन पाइने दिन हो।
मकर -धैर्य र संयमता आवश्यक छ। आम्दानी भन्दा खर्च बढ्ने सम्भावना छ। झिना विवाद टार्न मौनता नै उपयुक्त होला।
कुम्भ -कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा लाग्नेलाई राम्रो समय हो। नयाँ विचारले कामको गति बढाउनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।
मीन -मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ। कुनै शुभ समाचार सुन्न सकिने दिन हो।