२०८२ असार ३ गते बुधवार

राम्री–कपुरकोट सडकमा सब – बेश बिच्छाएपछि यस्तो देखियो (तस्बिरहरु)


दाङ, ८ बैशाख । राप्ती राजमार्ग अन्तर्गत राम्री–कपुरकोट सडकखण्ड आज सोमबारदेखि दैनिक पाँच घण्टा बन्द हुने हुने भएको छ । सडक डिभिजन कार्यालय दाङका अनुसार सडकको स्तरोन्नतीका लागि बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म राम्री–कपुरकोट खण्डमा सवारी आवागमन बन्द गरिने भएको हो ।

बन्द हुने समयमा वैकल्पीक मार्ग पैँयुखोरे–कपुरकोट सडक प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ । कार्यालयका अनुसार सोमबार आजदेखि बैशाख १४ गतेसम्म सात दिन उक्त सडकमा सवारी आवागमन बन्द गरी स्तरोन्नतीको काम गरिने छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर बिष्टका अनुसार राप्ती राजमार्ग अन्तरगत दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीदेखि सल्यानको कपुरकोट गाउँपालिकाको वडा नम्बर ३ को ४ किलोमिटर सडक मर्मत तथा विस्तारको काम भइरहेको छ ।

फोटो : सडक डिभिजन कार्यालय दाङ

चार किलोमिटर सडक खण्ड विस्तार तथा निर्माणका लागि १३ करोड २३ लाखमा सम्झौता भइ काम भइरहेको हो । चार किलोमिटर सडक निर्माणको जिम्मा आरडी, उज्वल, लोकमणि ज्वाइन्ट भेन्चरले लिएका छन् ।

सम्झौतामा आगामी भदौ मसान्तसम्म सडक निर्माणको काम सकिसक्ने उल्लेख छ । सडकमा सब – बेश बिच्छ्याउने काम पनि धमाधम भइरहेको सडक डिजभिन दाङका प्रमुख बिष्टले बताउनुभयो ।

ठाउँ ठाउँमा गरिएको कटन र भत्काइएको सडकका कारण यात्रा गर्न निकै कठिन राम्री कपुरकोट सडक खण्डमा यतिखेर सब – बेश बिच्छाइको हुँदा सडक चिल्लो भइ यात्रा गर्न सहज बन्दै गएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस