२०८२ असार ८ गते सोमवार

आज २०८२ साल वैशाख १ गते सोमबारको राशिफल

आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबार। वैशाख कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ अप्रिल १४ तारिख। नयाँ वर्षमा शनिदेवको गति अनुसार कुम्भलाई अन्त्य साढेसाती, मिन राशिलाई मध्य साढेसाती, मेष राशिलाई आध्य साढेसाती दशा चल्नेछन्। सिंह र धनु राशिलाई अढैया शनि रहेको छ। अरु सात राशि मिथुन, वृष, कर्कट, कन्या, तुला, विश्चिक, मकर राशि शनिदशाबाट मुक्त छन्। शनिदशाबाट मुक्त हुनु भनेको यी राशिका लागि यो वर्ष राम्रो छ। ज्योतिषशास्त्र अनुसार यो वर्ष राज्यमा राम्रा काम धेरै हुनेछन्। राज्यको सम्पत्ति दुरुपयोग गर्नेमाथि कानुनी कारबाही हुनेछ। तर विश्वमा भने राज्यले आफ्नो इज्जत जोगाउन जोखिम पर्ने देखिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ :

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
सामान्य: भौतिक साधन जुट्ने सम्भावना छ र उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्नेछ। तर, आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ।​

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
मध्यम: सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिन सक्छ। आर्जित धन खर्च हुन सक्छ, तर आफ्नै प्रयासले लाभ मिल्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।​

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :
सावधानी आवश्यक: पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला।​

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :
राम्रो: प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ।​

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :
उत्साहजनक: अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ।​

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :
लाभदायक: विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। आयआर्जन पनि राम्रै हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ।​

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :
सामान्य: मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ।​

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :
सावधानी आवश्यक: अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ। आर्थिक कारोबारमा सजगता अपनाउनुहोला। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ।​

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :
राम्रो: प्रेम र मित्रताको गाँठो कसिनेछ। दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमताले सम्मान दिलाउनेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ।​

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :
लाभदायक: काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ। गुरुजनको सहयोग जुट्नेछ। व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्।​

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :
सावधानी आवश्यक: प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला। पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखा पर्नेछ।​

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :
राम्रो: बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन्। सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। अधिकारका लागि केही संघर्ष हुन सक्छ।

प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार
प्रतिक्रिया दिनुहोस