२०८२ बैशाख ३० गते मङ्गलवार

तुलसीपुर सुरक्षित बनाउने अभियान : सिसि टिभी जडान गर्न दुई बैंकले दिए ७५ हजार


दाङ, २६ चैत । तुलसीपुर उद्योग वाणिज्य संघले सुरु गरेको ‘सुरक्षित तुलसीपुर सुन्दर तुलसीपुर’ अभियानमा हातेमालो गर्न तुलसीपुरका बैँकहरुले सुरु गरेका छन । मङ्गलबार सिद्धार्थ बैकले ५० हजारको चेक प्रदान गरेको छ । बैकका प्रबन्धक किरण आचार्यले अध्यक्ष बिनिल केसीलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै मङ्गलबार नै शाइन रेसुङ्गा डेभलपमेन्ट बैक तुलसीपुरले अभियानमा हातेमालो गर्न २५ हजार उपलब्ध गराएको छ । बैङ्कका प्रबन्धक दिपेन्द्र थापाले अध्यक्ष केसीलाई २५ हजारको चेक प्रदान गरेका हुन् ।

यस अघि मुक्तिनाथ बैङ्कले यो अभियानमा ५१ हजार सहयोग गरिसकेको छ । वाणिज्य सङ्घका अध्यक्ष केसीको अध्यक्षतामा भएका कार्यक्रममा बोल्ने वक्ताहरूले तुलसीपुरलाई अब प्रविधिको माध्यमबाट सुरक्षित गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष केसीले हबिगत चार वर्षदेखि बिग्रीएका बाह्र थान सिसि क्यामरा मर्मत गरि सुचारु गरिएको बताउनुभयो । सुरक्षित तुलसीपुर अभियान अन्तर्गत सिसि क्यामरा जडान देखि मर्मतका कामहरू सुरु गरिएको छ । अहिले २२ वटा क्यामरा सुचारु छन् ।

त्यस अवसरमा तुलसीपुर बैङ्कर्सका अध्यक्ष रञ्जन कोइरालाले वाणिज्य सङ्घले थालेको अभियानमा सबै बैङ्कहरूको सहकार्य हुने बताउनुभयो ।

कार्यक्रममा क्लबका सल्लाहकार सरोज लामिछानेले तुलसीपुर सबैको भएकाले हो यसलाई सुरक्षित बनाउनु सबैको दायित्व रहेको बताउनुभयो ।

सङ्घका पूर्व अध्यक्ष विमल रिजालले सामाजिक उत्तरदायित्व पुरा गर्दै यस क्षेत्रको विकासमा निजी क्षेत्रले सधैँ अग्रसर भएर लाग्ने बताउनुभयो ।

उहाँले बैकर्सहरूसँग हातेमालो गर्दै अघि बढ्नु पर्ने सुझाब दिनुभयो । ।कार्यक्रममा नेपाल विद्युत प्राधिकरण तुलसीपुर बितरण केन्द्रका प्रमुख शिव गोसालीले पश्चिम दाङमा आफूले केही सुधारका कामहरू सुरु गरेको बताउनुभयो ।

उहाँले पश्चिम दाङमा ४ हजार २ सय घरधुरी विद्युतको पहुँच भन्दा बाहिर रहेको भन्दै गंगटे, जिला र मलै क्षेत्रमा विशेष चासो दिएर विद्युत बिस्तार गरिरहेको बताउनुभयो ।

सङ्घका सल्लाहकार समितिका सदस्य टिकाराम रोका, मानार्थ सदस्य पूर्ण प्रसाद धिताल लगायतकाले मन्तव्य राख्नुभएको हो । उपाध्यक्ष नरेशराज भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमको सहजिकरण महासचिव केशवराज केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस