२०८२ जेष्ठ ५ गते सोमवार

दाङमा कृषि तथा पशुपालन क्षेत्रका लागि साढे तीन करोड अनुदान


दाङ, २६ चैत । दाङमा चालु आर्थिक वर्षमा कृषि तथा पशुपालन क्षेत्रका लागि साढे तीन करोड अनुदान खर्च गरिने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई दाङमा मार्फत जिल्लामा तीन करोड ४९ लाख रुपैँया खर्च गरिने भएको हो ।

कृषकलाई प्रोत्साहन गर्न तथा उत्पादन बढाउन अनुदान दिन लागिएको एकाईका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत लक्ष्यबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा डिपबोरीङ तथा अन्य सिंचाई प्रणालीको मर्मत सुधारका लागि ३० लाख बजेट रहेको छ ।

परियोजना अनुसार जिल्लाका १० वटै स्थानीय तहमा संचालन भएका कार्यक्रम अन्तर्गत अनुदान प्रदान गरिने छ । परियोजना मार्फत लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती र राजपुरमा मकै सुपरजोन, तुलसीपुरसहित दंगिशरण, शान्तिनगर, बबई र बंगलाचुलीमा मौरी जोन, घोराही, तुलसीपुर, राजपुर र लमहीमा बाख्रा जोन संचालनमा आएको परियोजनाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस