२०८३ जेष्ठ २४ गते आइतवार

आज २०८१ साल चैत २५ गते सोमबारको राशिफल

आज २०८१ साल चैत २५ गते सोमबार चैत शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अप्रिल ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष -आज तपाईंको आत्मविश्वास बढ्नेछ। पुराना कामहरु पुरा गर्न सकिने छ। व्यापार, यात्रा वा भेटघाटबाट लाभ मिल्ने सम्भावना छ। मन रमाउने खालको समाचार सुन्न पाइने दिन।

वृष -धन र समयको ख्याल गर्नुपर्ला। खर्च अलि बढ्न सक्छ। परिवारसँग समय बिताउन पाउँदा मन हलुका हुनेछ। बोल्दा र व्यवहारमा सजग रहनु राम्रो।

मिथुन -साथीभाइ वा आफन्तबाट साथ र समर्थन मिल्नेछ। रोकिएका काम अघि बढ्ने छन्। नयाँ कामको योजना बनाउन सकिने दिन। रमाइलो खबरले मन प्रफुल्ल बन्नेछ।

कर्कट -कर्ममा विश्वास राखेर अघि बढ्नु राम्रो हुन्छ। सम्मान र प्रतिष्ठा बढ्न सक्छ। जिम्मेवारी बढे पनि सफलता हात पार्न सकिने समय।

सिंह -धार्मिक वा सामाजिक काममा मन लाग्नेछ। पुराना साथी वा आफन्तसँग भेटघाट हुन सक्छ। रमाइलो कुराकानी हुने दिन।

कन्या -शब्दमा मिठास राख्नुपर्ने दिन। बिनाकारण वादविवाद वा मनमुटावको संकेत देखिन्छ। धैर्य र शान्त व्यवहार अपनाउनु फाइदाजनक।

तुला -प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्नेछ। नयाँ योजना वा सल्लाह उपयोगी हुनेछ। मन खुशी बनाउने कुरा सुन्न पाइने सम्भावना।

वृश्चिक -कामको चाप बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनु राम्रो। जिम्मेवारी पूरा गर्न केही कठिनाई भए पनि अन्त्यमा सफलता मिल्नेछ।

धनु -पढाइ लेखाइ, सृजनात्मक काम र यात्राबाट फाइदा हुने समय। पुराना कुरा बिर्सेर नयाँ सुरुवात गर्न सकिने राम्रो दिन।

मकर -घरपरिवारमा रमाइलो माहोल बन्नेछ। शुभ समाचार सुन्न पाइनेछ। धन लाभ वा सामग्री लाभको योग।

कुम्भ -साना-ठूला यात्रा सफल बन्नेछ। नयाँ कुरा सिक्ने वा जानकारी पाउने समय। काममा नयाँ तरिका अपनाउँदा फाइदा हुनेछ।

मीन -धन लाभ, प्रतिष्ठा र आत्मबल बढ्नेछ। मेहनत गरेको काममा राम्रो नतिजा पाइनेछ। नया सोच र योजना अघि बढाउने राम्रो समय रहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस