
दाङ, १९ चैत । लमही नगरपालिका–३ नारायणपुर गाउँ निवासी टुङकली डागीलाई मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, बनगाऊ दाङ शाखाले मंगलबार बिमा दाबी रकम हस्तान्तरण गरेको छ।
मेरो नारायणी महिला केन्द्रमार्फत बचत तथा कर्जा कारोबार गर्दै आएकी डागीका श्रीमान लिल बहादूर डागी क्षेत्रीकाे गत पाैष १६ गते दुर्घटनामा परि निधन भएपछि काजकिरिया रकम रकम २१ हजार रुपैया हस्तान्तरण गरिएको हो।
डागी २०७४ सालदेखि समूहमा आबद्ध भई लघुवित्तीय कारोबार गरिरहनुभएकाे थियाे । बिमा दाबी रकम हस्तान्तरण गरिएको विषयमा जानकारी दिँदै मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, बनगाउ दाङशाखाका प्रबन्धक सन्तोष पोखरेल संस्थाले सदस्यहरूको हितका लागि आवश्यक सेवाहरू उपलब्ध गराइरहेको बताउनुभयो । डागीले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,प्रति परिबारमा आफ्नो घरमा दु:ख पर्दा मलमट्टी लगाई दिएकोमा संस्थालाई धन्यबाद दिनुभयो ।
हाल मेरो माइक्रोफाइनान्सले देशभरका ६४ जिल्लामा १४९ शाखामार्फत १ लाख ८० हजारभन्दा बढी घरपरिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।