२०८२ जेष्ठ ५ गते सोमवार

कपुरकोटमा सबडिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी


सल्यान, १३ चैत्र । सल्यानको कपुरकोट सबडिभिजन वन कार्यालयको आयोजनामा एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत आगामी आर्थिक वर्षमा कपुरकोट गाउँपालिका क्षेत्रमा सञ्चालन गरिने पर्यटन, वन तथा वातावरणसँग सम्बन्धित योजनाहरूको छलफल, तर्जुमा तथा प्राथमिकीकरण गरिएको छ ।

कपुरकोट सबडिभिजन वन कार्यालयका प्रमुख मुकुन्द पौडेलको अध्यक्षता तथा कपुरकोट गाउँपालिकाका वन तथा वातावरण समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष प्रदीप खड्काको प्रमुख आतिथ्यतामा गोष्ठी गरिएको हो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

वन अधिकृत मुकुन्द पौडेलले योजनाहरू कार्यान्वयनमा उपभोक्ताहरूको सक्रिय सहभागिता अनिवार्य रहेकोमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण बोहराले सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरेर काम गर्न वडा कार्यालय तयार रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस