२०८२ जेष्ठ ५ गते सोमवार

मेरो माइक्रोफाइनान्सद्वारा मिना बुढालाई बिमा दाबी रकम हस्तान्तरण

दाङ, १३ चैत । तुल्सीपुर उपमहानगरपालिका–३ राम्री गाउँ निवासी मिना बुढालाई मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, धनवाङ शाखाले मंगलबार बिमा दाबी रकम हस्तान्तरण गरेको छ।

मेरो राम्री महिला केन्द्रमार्फत बचत तथा कर्जा कारोबार गर्दै आएकी बुढाका श्रीमान् दोर्न बहादुर सिंजाली थापाको २०८१ कार्तिक १५ गते मोटरसाइकल दुर्घटनामा निधन भएपछि बिमा दाबीस्वरूप उपलब्ध २ लाख ५० हजार रुपैयाँमध्ये कर्जाको बाँकी रकम कट्टी गरी १ लाख ५० हजार ५४९ रुपैयाँ हस्तान्तरण गरिएको हो।

बुढा २०७३ सालदेखि समूहमा आबद्ध भई लघुवित्तीय कारोबार गरिरहेकी थिइन्। बिमा दाबी रकम हस्तान्तरण गरिएको विषयमा जानकारी दिँदै मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, धनवाङ शाखाका प्रबन्धक प्रेम बहादुर बिकले संस्थाले सदस्यहरूको हितका लागि आवश्यक सेवाहरू उपलब्ध गराइरहेको बताउनुभयो ।

हाल मेरो माइक्रोफाइनान्सले देशभरका ६४ जिल्लामा १५० शाखामार्फत १ लाख ६० हजारभन्दा बढी घरपरिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस