२०८२ जेष्ठ ५ गते सोमवार

प्रधानमन्त्री कप क्रिकेट : दाङको लमहीसहित तीन मैदानमा आज तीन खेल हुँदै

दाङ, ११ चैत । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार तीन खेल हुँदैछन् ।

सोमबार बागमती र कर्णाली प्रदेश दाङको लमही क्रिकेट मैदानमा भिड्दैछन् भने गण्डकी प्रदेश र मधेश प्रदेश सिद्धार्थनगर मैदानमा भिड्नेछन् । यस्तै सशस्त्रको एपीएफ क्लब र लुम्बिनी प्रदेश भैरहवाको मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

तीन वटै खेल बिहान ९ बजे सुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टिममध्ये नेपाल पुलिस क्लब सात खेलमा सात जित निकाल्दै १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । आठ खेलमा एक खेल गुमाएको आर्मी समान १४ अंकसहित रनरेटका आधारमा तालिकाको दोस्रो स्थानमा छ ।

सातमा ५ खेल जितेर दुई खेल गुमाएको एपिएफ १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने समान आठ अंक भएका कर्णाली र लुम्बिनी चौथो र पाँचौ स्थानमा छन्। लुम्बिनीले आठ खेल खेलिसकेको छ भने कर्णालीले सात खेल खेलेको छ ।

बागमती र सुदूरपश्चिमको समान ६ अंक छ । तालिकाको छैटौ स्थानमा रहेको बागमतीले ७ खेल खेलेको छ भने सातौं स्थानको सुदूरपश्चिमले आठ खेल खेलिसकेको छ ।

६ खेलमा दुई मात्र जित निकालेको मधेश चार अंकसहित आठौं स्थानमा छ भने समान आठ खेलमा एक मात्र जित निकाल्दै दुई अंक मात्र जोडेका कोशी र गण्डकी तालिकाको पुछारमा छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस