२०८२ जेष्ठ ५ गते सोमवार

पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु : स्थानीयले ट्यांकरमा लगाए आगो

बाँके, १० चैत । बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्युपछि तनाव उत्पन्न भएको छ ।

स्थानीयले पानी ट्यांकरमा आगजनी गरेका छन्। प्रहरी चौकी बेतहनीमा समेत ढुंगामुढा हुन थालेको छ ।

घटनास्थलतर्फ बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफै लाग्नुभएको छ ।

जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा आइतबार दिउँसो एउटा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्युपछि स्थानीय आक्रोसित बनेका हुन् ।

प्रहरीले पुगेर चालकलाई प्रहरी चौकी बेतहनीमा ल्याएपछि स्थानीय त्यही आएर ढुंगा हान्न थालेका हुन् ।

स्थानीयका अनुसार घटना भइसकेपछि केही ढिला गरी मात्रै प्रहरी घटनास्थल पुगेको थियो। त्यतिखेरसम्म आक्रोसित स्थानीयले ट्यांकरमा आगजनी गरिसकेका थिए। -सेतोपाटीबाट

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस