२०८२ जेष्ठ २९ गते बिहिवार

भारतमा लामो अनुभवपछि स्वदेश फर्केर आफ्नै व्यवसाय संचालन

दाङ, ९ चैत । भारतको गोवामा १० वर्षसम्म सेफको रूपमा कार्य गरेका शान्तिनगर–२ का राम बहादुर घर्तीले स्वदेश फर्केर तुलसीपुरमा ‘रोयल फुड किचेन एन्ड रेस्टुरेन्ट’ सञ्चालनमा ल्याउनुभएको छ ।

स्वदेशमै आयआर्जन गर्ने लक्ष्यसहित उहाँले बीपी चोकमा करिब ४० लाख रुपैयाँको लगानीमा रेस्टुरेन्ट संचालनमा ल्याउनुभएको हो ।

‘रेस्टुरेन्टमा ग्राहकहरूको विशेष रोजाइमा ‘नाग्लो सेट’ रहेको छ ।’ उहाँले भन्नुभयो–‘ जसमा २० देखि २५ परिकार समावेश छन् । यसको मूल्य १,५०० देखि ४,००० रुपैयाँसम्म पर्छ ।’

उहाँले सुसी, तन्दुरी फीस, कबफ, मटन लेमचप, मोजीतो र क्रिस्पी अमेरिकन कन जस्ता विभिन्न परिकारहरू पनि उपलब्ध गराएको बताउनुभयो ।

रेस्टुरेन्टमा नेपाली मात्र नभई चिनियाँ नागरिकहरू समेत आउने गरेको सञ्चालक घर्तीले बताउनुभयो । उहाँका अनुसार मासिक ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

व्यवसाय सञ्चालनसँगै प्रत्येक शनिबार सांगीतिक कार्यक्रमको आयोजना हुने र अनलाइन डेलिभरी सेवासमेत उपलब्ध गराइएको छ । भारतको लामो अनुभवलाई स्वदेशमै उपयोग गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको घर्तीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस