
दाङ, ३ चैत । तुलसीपुरमा ट्याक्टर अचानक घरभित्र छिर्दा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट तुलसीपुर–१७ मानपुर निवासी ५६ बर्षीय रामकृण चौधरी, उहाँका छोरीहरु २० बर्षीया प्रिमा चौधरी र २८ वर्षीया शान्ता चौधरी, सोही ठाउँका ४२ बर्षीय भक्त बहादुर खत्री र २८ बर्षीय रामजी गुप्ता घाइेत भएका छन् ।
बिजौरीबाट मानुपरतर्फ जादै गरेको लु.प्र. ००२–००१ त ००८५ नम्बरको ट्याक्टर शनिबार बेलुका साढे ७ बजेको समयमा मानपुर नजिकै एक्कासी घरभित्र ठोक्किन जादा खाना खाइरहेका उनीहरु घाइते भएका हुन् ।
दुर्घटना लगत्तै सहचालक र चालक फरार रहेको र ट्याक्टर मालिक भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट घरसमेत भत्किएको छ । रामकृष्णले उक्त घरमा नास्ता पसल गर्दै आउनुभएको छ ।
घाइते सबैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।