२०८२ बैशाख १० गते बुधवार

प्रदेश सचिव गौतमलाई घरेलुको स्वागत

दाङ, १ चैत । लुम्बिनी प्रदेश उद्योग, पर्यटन र यातायात मन्त्रालयमा हालै सरुवा भएर आउनुभएका प्रदेश सचिव नारद गौतमलाई नेपाल साना तथा घरेलु उद्योग महासंघ, तुलसीपुरले स्वागत गरेको छ ।

नेपाल साना तथा घरेलु उद्योग महासंघ, तुलसीपुरका अध्यक्ष लाल बहादुर केसी , जिल्लाका सदस्य पदम ओली , तुलसीपुरका सचिब ठगु प्रसाद भण्डारी , सदस्यहरु खिम बहादुर ओली र रबिन्द्र बिक्रम केसीसहितको टिमले प्रदेश सचिब गौतमलाई खादामाला लगाएर स्वागत गरेको हो ।

नेपाल साना तथा घरेलु उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले तुलसीपुरको समग्र निजि क्षेत्रको अवस्थाको बारेमा कुरा राख्नुभएको थियो ।

अध्यक्ष केसीले तुलसीपुर बजारका मुख्य चोकमा ट्राफिक लाइट जडान गर्न सके दुर्घटना न्यूनीकरण गर्न सकिने लगाएत पर्यटन सम्भावना रहेको बताउनुभयो ।

घरेलु पनि यस मन्त्रालय अन्तर्गत पर्ने भएकाले प्रदेश सचिब संगको भेटघाटले तुलसीपुरमा उद्योग, पर्यटन र यातायातका क्षेत्रहरूमा दीर्घकालीन सुधार र विकासको दिशामा नयाँ पहलकदमीको सुरुवात भएको पनि उहाले बताउनुभयो ।

प्रदेश सचिव नारद गौतमले तुलसीपुरको समग्र विकासमा उद्योग, पर्यटन र यातायात क्षेत्रमा सुधार ल्याउन सकिने सम्भावनाबारे आफ्नो विचार प्रस्तुत गर्नुभयो ।

सचिवका अनुसार, स्थानीय उद्योगहरूलाई प्रवद्र्धन गर्दै नयाँ बजारका अवसरहरू सिर्जना गर्ने, पर्यटन क्षेत्रलाई आकर्षक बनाउन र यातायात व्यवस्थापनलाई थप द्रुत र प्रभावकारी बनाउने नीतिगत कदमहरू अवलम्बन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले थप रूपमा साना तथा घरेलु उद्योगहरूको क्षमता अभिवृद्धि गर्दै, नवप्रवर्तन र प्राविधिक सहयोगमार्फत तुलसीपुरको आर्थिक संरचनामा सुदृढीकरण गर्ने आशा व्यक्त गर्नुभयो । साथै, पर्यटन क्षेत्रमा नयाँ आकर्षणहरू विकास गरी स्थानीय सम्पदालाई विश्वस्तरमा प्रस्तुत गर्ने योजनाबारे पनि चर्चा गर्नुभयो ।

नेपाल साना तथा घरेलु उद्योग महासंघ, तुलसीपुरका पदाधिकारीहरूद्वारा स्वागत तथा भेटघाटमा प्रर्दशन गरिएको आत्मीय व्यवहारले क्षेत्रीय प्रशासन र स्थानीय उद्योगबीचको सहकार्यलाई बलियो बनाउने संकेत दिएको छ । कार्यक्रममा उपस्थित घरेलुका पदाधिकारीहरुले प्रदेश सचिवलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस