
जाजरकोट, २४ फागुन । जाजररकोटमा सवारी दुर्घटनाबाट युवकको मृत्यु भएको छ । शिवालय गाउँपालिका–१ छेडाचौर बजार नजिकै नम्बर नखुलेको गाडीले किच्दा छेडागाड नगरपालिका–१२ का राजु सिंहको घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि मृतकका आफन्त र स्थानीय आक्रोशित बनेका छन् । उनीहरूले टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्, जसका कारण छेडा बजारमा तनाब उत्पन्न भएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार