२०८२ बैशाख १० गते बुधवार

तुलसीपुरमा दुई मोटरसाइकल ठोक्किए , तीन जना घाइते


दाङ, २३ फागुन । दाङको तुलसीपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तिन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार रा ३ प २५३४ नंम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१ भम्केका ५६ वर्षका नेत्रलाल पौडेल, रा २ प ५२८४ नंम्बरको मोटरसाइकल चालक राजपुर गाउँपालिका– ७ बस्ने ५० वर्षका पशुराम साहु र पछाडि सवार सोही ठाँउका ३५ वर्षका नन्दा पुन मगर रहेका छन् ।

घाइते पौडेलको दाँया हात, बाया खुट्टा र मुखमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो । पौडेललको अवस्था मध्यम रहेको छ ।

प्रहरी निरीक्षक खत्रीका अनुसार घाइते साहुको टाउको, मुख र बाया हातमा चोट लागेको छ । उहाँको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडी सवार पुनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।

घाइते तिनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुरबाट सितलपुर तर्फ जादै गरेको रा ३ प २५३४ नंम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा २ प ५२८४ नंम्बरको मोटरसाइकल आज विहान ११ बजेतिर तुलसीपुर– ११ उरहरी चोकमा एकआपसमा ठोक्किँएको थियो ।

दुबै मोटरसाइकललाई प्रहरी चौकी जसपुरले नियन्त्रणमा दिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस