२०८२ बैशाख १० गते बुधवार

तुलसीपुर सेन्टर माविलाई अन्तर विद्यालय फुटसलको उपाधि


दाङ, १८ फागुन । दाङको तुलसीपुरमा भएको अन्तर विद्यालय फुटसलको उपाधि तुलसीपुर सेन्टर माविले हात पारेको छ । किड्स फुटबल एकेडेमीको आयोजनामा दुई दिनसम्म भएको अन्तर विद्यालय फुटसल प्रतियोगितामा तुलसी बोर्डिङ स्कुललाई ० का विरुद्ध २ गोलले पराजित गर्दै सेन्टर माविले उपाधि हात परेको हो ।

विजेता सेन्टर माविले नगद १५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त हात पारेको छ । उपविजेतामा चित्त बुझाउन बाध्य तुलसी बोर्डिङ स्कुलले नगद ७ हजार र ट्रफि हात पारेको आयोजक किड्स फुटबल एकेडेमी संस्थापक तथा मूख्य प्रशिक्षक दुर्गा राजलवटले जानकारी दिनुभयो ।

शुक्रबार र शनिबार दुई दिनसम्म भएको प्रतियोगितामा १६ टिमले सहभागीता जनाएका थिए । १३ वर्ष मुनि कक्षा ६ भन्दा कममा अध्ययन गर्ने खेलाडीको सहभागीतामा प्रतियोगिता गरिएको हो ।

किड्स फुटबल एकेडेमीका अध्यक्ष मोहन सुनारको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघ (एन्फा) का अध्यक्ष संजात धितालको प्रमुख आतिथ्यतामा प्रतियोगिता गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि धितालले प्रतियोगिताले खेलाडी उत्पादनका महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यसैबिच किड्स फुटबल एकेडेमीका अध्यक्ष मोहन सुनारले आउँदो वर्ष २०८२ सालमा ठुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना गरिने बताउनुभयो । उहाँले फुटबल खेलको संभावना बढ्दै गएकाले खेलाडीको उत्पादन र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस