२०८२ बैशाख ३० गते मङ्गलवार

शिवरात्रिकै दिन आज साँझ तुलसीपुरमा मोटरसाइकल दुर्घटना : दुई जना गम्भीर घाइते


दाङ, १४ फागुन । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

महाशिवरात्रीका दिन आज साँझ ६ बजेतिर तुलसीपुर –८ चमिखोला नजिकै तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प ४४१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तिब्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–८ निवासी ४८ वर्षीय लक्ष्मी प्रसाद थारु मोटरसाइकलमा पछाडि असवार सोही ठाउँ निवासी ३५ वर्षीय कविराम चौधरी गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस