२०८२ जेष्ठ ५ गते सोमवार

शितलपुरमा भक्तजनलाई पानी वितरण

दाङ, १४ फागुन । महाशिवरात्री पर्वको अवसरमा तुलसीपुर–१२ को सिद्धेश्वर मन्दिरमा भक्तजनको घुँइचो छ । मन्दिरमा दर्शनका लागि बिहानैदेखि दर्शनार्थीको भिड लागेको हो ।

त्यस अवसरमा श्रद्धालु भक्तजनलाई निशुल्क पानीको व्यवस्था गरिएको छ ।

तुलसीपुर नगर जेसिजसहित लायन्स क्लब अफ तुलसीपुर ईशान, रोट्रयाक्ट क्लब अफ तुलसीपुरले संयुक्तरुपमा श्रद्धालु भक्तजनका लागि निशुल्क खानेपानीको व्यवस्था गरेको तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुषालले जानकारी दिनुभयो ।

मन्दिरमा आउने श्रद्धालु भक्तजनका लागि जारको पानी निशुल्क वितरण गरिएको हो । तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुषालको अध्यक्षता तथा तुलसीपुर–१२ का अध्यक्ष खुशीराम चौधरीको प्रमुख आतिथ्यता एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर बस्नेतको विशिष्ठ आतिथ्यतामा पानी वितरण कार्यको शुभारम्भ गरिएको हो ।

त्यस अवसरमा वडा अध्यक्ष चौधरीले जारको पानी व्यवस्थापन गरिएपछि भक्तजनका लागि सहजता हुने बताउनुभयो । यस्तै मन्दीर व्यवस्थापनस समितिका अध्यक्ष बस्नेतले निशुल्क पानी उपलब्ध गराउने संस्थाप्रति हार्दिक आभार समेत प्रकट गर्नुभयो ।

कार्यक्रम संयोजक दिपक केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष किरण पुन, लायन्स क्लब अफ ईशानका अध्यक्ष रमेश रेग्मी लगायतले मन्तव्य राख्नुभएको हो । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिजका महासचिव बुद्धिराज सापकोटाले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस