२०८२ जेष्ठ ५ गते सोमवार

सल्यानमा मिनि ट्रक दुर्घटना, चालकको मृत्यु


सल्यान,१३ फागुन । सल्यानको दमाचौर-गुँरासे-झ्याम सडकखण्डमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्युु भएको छ।

हिजो राति भएको दुर्घटनामा गंगादेव गाउँपालिका-३, झारमङ्ग्रा, रोल्पाका ३४ वर्षीय चालक हरि चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार मिनि ट्रक सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न नसके पनि प्रारम्भिक अनुसन्धान अनुसार सवारीको गति र सडकको अवस्था सम्भावित कारण हुनसक्ने अनुमान गरिएको छ।

स्थानीयवासी र प्रहरीको सहयोगमा शवलाई उद्धार गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।


छत्रेश्वरी गाउपालिका- १ फारुलेबोटस्थित रोल्पा झ्यामबाट दमाचौर आउदै गरेको रा.१क. ५३० नम्बरको खालि मिनि ट्रक रोडबाट अन्दाजि ५० मिटर तल खसेको हाे ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस