
दाङ, १० फागुन । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघका नयाँ पदाधिकारीले शनिबार सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् । संघको १५ औं साधारणसभा तथा ७ औं अधिवेशनबाट चयन भएका पदाधिकारीले शनिबार सपथ तथा पदभार ग्रहण गरेका हुन् ।
निर्वाचन संयोजक मधुसूदन गौतमले संघका अध्यक्ष हरिकृष्ण बिक, उपाध्यक्ष मनोज शाह, पुस्कर सुनार, महासचिव तुलसीराम सुनार, कोषाध्यक्ष लीला बहादुर वली, सचिव मोहनलाल कामी, सहकोषाध्यक्ष कोमल डिसीलाई सपथ तथा पदभार ग्रहण
गराउनुभएको हो । यस्तै सदस्यहरु हिरालाल सुनार, जनक कुमार शेर्पाइली, मोहन बिक, पर्शुराम सुनार, भुपेन्द्र सुनार, शान्ताकुमारी बिक, शुष्मा विक, पुजा शेर्पाइली र मनिष शाहले पनि सपथ तथा पदभार ग्रहण गर्नुभएको हो ।
संघका अध्यक्ष हरिकृष्ण बिकको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका पुर्व अध्यक्ष मोहन स्वर्णकारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सल्लाहकार जोगेन्द्र विश्वकर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा दलित अधिकारकर्मी पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, निर्मल नेपाली लगायतले मन्तव्य राख्नुभएको हो । कार्यक्रमको सहजीकरण लक्ष्मण विश्वकर्माले गर्नुभएको हो ।