२०८१ चैत्र ८ गते शुक्रवार

आजदेखि पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो


दाङ, ४ फागुन । नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रूपैयाँले बढाएको छ । यस्तै डिजेल र मटीतेलमा भने प्रतिलिटर ४ रुपैँयाले घटाएको हो ।

मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६७ र तेस्रो वर्गका लागि १ सय ६८ कायम भएको छ ।

डिजेल र मटीतेल भने मुल्य घटेपछि पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५३ रुपैयाँ ५० पैसा, एक सय ५५ रुपैयाँ र एक सय ५६ रुपैयाँ रहेको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ । इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसाले बढेर र डिजेल तथा मट्टीतेलमा ३ रूपैयाँ ५८ पैसाले मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगमको सञ्चालक समितिले आजबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस