२०८१ चैत्र ८ गते शुक्रवार

टिप्परको ढालामा सामान हेर्न जाँदा करेन्ट लागेर सह–चालकको मृत्यु


दाङ, १ फागुन । तुलसीपुरमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२, टरीगँैस्थित मंगलम बालुवा प्रसोधन उद्योगको परिसरमा करेन्ट लागेर सल्यानको कपुरकोट गाउँपालिका–१, लापु निवासी २१ वर्षीय समिर घर्तिमगरको मृत्यु भएको हो ।

बिहिबार दिउँसो बालुवा लोड गर्ने क्रममा टिप्परको ढालामा केही सामान छ कि भनेर हेर्न खोज्दा नजिकै रहेको क्रसरको मेनलाइन छुन गइ उहाँलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका घर्तीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएलगत्तै चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनापछि टिप्परका साहु तुलसीपुर–१९ निवासी २९ वर्षीय गणेश घर्तिमगर र टिप्पर चालक तुलसीपुर–१६, मानपुर निवासी ४० वर्षीय श्रीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस