
रोल्पा, २९ माघ । रोल्पामा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी रुण्टीगढी गाउँपालिका–२ धारापानीका ६५ वर्षिय इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको हो ।
होलेरीबाट धारापानीतर्फ जाँदै गरेको रा १ ह ५४९१ नम्बरको अटो मंगलबार दिउँसो सुर्पाल–लिवाङ सडकखण्ड अन्तर्गत रुण्टीगढी गाउँपालिका–२ लामीडाँडामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी दुई जना घाइते भएका छन् । रोल्पा प्रहरीका अनुसार सुनिलस्मृति गाउँपालिका–२ का ६२ वर्षिय मान बहादुर परियार, वडा नम्बर १ का ३८ वर्षिय मनराज नेपाली घाईते हुनुभएको छ । दुवै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार