२०८१ चैत्र ८ गते शुक्रवार

तुलसीपुरमा फोहोरमैला व्यवस्थापनमा मात्रै ८४ लाख बढी अनियमितता

दाङ, २५ माघ । फोहोरमैला व्यवस्थापनमा मात्रै दाङको तुलसीपुर उपमहानगरपालिकामा ८४ लाख बढी अनियमितता भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वर्ष २०७९/८० मा फोहोर मैला व्यवस्थापन गर्दा पालिकाले नियम विपरीत उक्त रकम खर्च गरेको औल्याएको हो ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९५ बमोजिम सार्वजनिक निकायले दैनिक कार्य सञ्चालनमा आवश्यक पर्ने सेवाको आवश्यकता किसिम समयावधि गुणस्तर र सेवा सञ्चालन विधिमा लाग्ने मोटामोटी खर्च र कार्यक्षेत्रको स्वीकृत गराई सेवा करारमा लिन सक्ने व्यवस्था छ ।

यस्तो सेवामा ५ लाख सम्मको सोझै वार्ताबाट र सो भन्दा माथिको हकमा सार्वजनिक सूचनाको माध्यमबाट छनोट गरी लिनुपर्ने नियमावलीमा उल्लेख गरिएको कामका लागि विभिन्न ३५ जना व्यक्तिसँग सोझै ज्यालादारीमा नियमित रुपमा डोर हाजिरी मार्फत ८४ लाख ४८० रुपैया भुक्तानी भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको काम गराएर रकम भुक्तानी दिएको नियमावलीको प्रक्रियाले नियमावलीको प्रक्रिया नभएकाले अनियमितता अनियमितता भएको देखिएको हो ।

महालेखाको प्रतिवेदन अध्ययन गरिरहेको र केहि दिनमा बैठक बसेर त्यसबारे छलफल गरिने तुलसीपुर उपमहानगरपालिकाका लेखा समितिका संयोजक घनश्याम ढकालले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस