२०८१ चैत्र ८ गते शुक्रवार

अध्यक्ष कप फुटबलको उपाधीका लागि वडा नम्बर ६ र ८ भिड्ने


दाङ, २४ माघ । दाङको तुलसीपुरमा जारी सर्वाधिक राशिको अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियोगिताको उपाधिका लागि वडा न ६ र ८ भिड्ने भएका छन् । फाईनल खेल शुक्रबार बिहान ११ बजेदेखि सुरु हुनेछ ।

तुलसीपुर उपमहानगरपालिका वडा न ६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोट्र्स क्लबको सहकार्यमा अरनिको मैदान तुलसीपुरमा संचालित प्रतियोगिताको बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १८ लाई ३–० गोलले पराजित गर्दै वडा न ६ ले फाईनल यात्रा तय गरेको हो ।

यस्तै वडा नम्बर ३ लाई ट्राईबेकरमा पराजित गर्दै वडा नम्बर ८ ले वडा न ६ संगको फाईनल भिड्न्त पक्का गरेको हो ।

प्रतियोगिताको बिजेताले नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै ब्यक्तिगत बिधा तर्फ सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद ८ हजार, ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट गोल्किपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कष्ट मध्यपंक्ति, उत्कृष्ट प्रशिक्षकलाई क्रमश : नगद ५ हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजक तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष तथा प्रतियोगिता मुल आयोजक समितिका संयोजक दुजमान भण्डारीले जानकारी दिनुभएको छ ।

माघ १९ गतेदेखि संचालित प्रतियोगितामा तुलसीपुरका १९ वडामध्ये १६ वडाका टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस