२०८२ बैशाख ३० गते मङ्गलवार

तुलसीपुरका व्यवसायी केसी ग्यास बिक्रेता महासंघको केन्द्रिय उपाध्यक्षमा चयन


दाङ, १४ माघ । ग्यास बिक्रेता महासंघ नेपालको केन्द्रिय उपाध्यक्षमा तुलसीपुरका व्यवसायी लाल बहादुर केसी सर्वसम्मत चयन हुनुभएको छ ।

केसी यसअघि महासंघको महासचिव हुनुहुन्थ्यो । महासंघको शनिबार काठ्माण्डौमा भएको छैठौँ अधिवेशनबाट केसी उपाध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । तुलसीपुर–५ निवासी केसी घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष पनि हुनुहुन्छ ।

महासंघको अधिवेशनले ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद दुलाल, उपाध्यक्षहरूमा रामप्रसाद झवाली, गेहेन्द्र रिजाल, लालबहादुर केसी, रामप्रसाद गैरे, सन्तोष श्रेष्ठ, राधिका महर्जन र रामकृष्ण खड्का चयन हुनुभएको छ ।

महासचिवमा विनोद काफ्ले, सचिवमा कृष्णप्रसाद गैरे र कोषाध्यक्षमा रविन कार्की सर्वसम्मत चयन हुनुभएको छ । यस्तै महासंघको सदस्यहरूमा प्रकाश तिवारी, रामकुमार खड्का, रामशरण पुडासैनी, पेश कान्त भण्डारी, ओमकार बोहोरा, सुदिर यादव, कमल अधिकारी चयन हुनुभएको छ ।

यस्तै श्रीहरि ढकाल, मञ्जु थापा, छवि राज भट्ट, जयराम श्रेष्ठ, गोविन्द शाह र हरिहर बजगाई चयन हुनुभएको छ । महासंघका निवर्तमान अध्यक्ष चन्द्र थापाले नवनिर्वाचित अर्याललाई माइन्यूट हस्तान्तरण गर्दै शुभकामना समेत दिनुभयो ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस