२०८३ साउन ८ गते शुक्रवार

रेडियो हाम्रो पहुँचका समाचार सम्पादक जीएम सम्मानित


दाङ, २१ पुस । रेडियो हाम्रो पहुँचका समाचार सम्पादक जीतसागर जी.एम. सम्मानित हुनुभएको छ । सम्पादक जीएमलाई रिपोर्टर्स क्लब दाङले नगदसहित सम्मान गरेको हो । क्लबले आइतबार तुलसीपुरमा गरेको कार्यक्रममा नगद ५ हजारसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

सम्पादक जी.एमलाई त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले स्थापना गरेको स्वर्गिय बाल/जितेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको क्लबका अध्यक्ष शरद रेग्मीले बताउनुभयो ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने र दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सम्पादक जिएमलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको हो ।

क्लबले फरकोण अनलाइनका यमकला भुषाल, प्रदेश कुरा अनलाइनका उमा भण्डारीलाई पनि सम्मान गरेको छ ।

यस्तै ज्ञानज्योति फाउण्डेशनका सिइओ सुरेन्द्र जिसी, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीलाई पनि सम्मान गरेको हो । क्लबले नेपाल पत्रकार महासंघ दाङका नयाँ पदाधिकारीलाई पनि सम्मान गरेको छ ।

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस