२०८१ फाल्गुन ७ गते बुधवार

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, २३ मंसिर । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ खमारीका १६ वर्षका दिपेन्द्र वलीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मोटरसाइकलमा पछाडी सवार वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

अर्का मोटरसाइकलमा पछाडी सवार तुलसीपुर- ४ घोरनेटी कल्लेखोला बस्ने १८ वर्षका सन्दिप वलीको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक तुलसीपुर-४ कल्लेखोलाका १७ वर्षका गणेश खड्को अवस्था भने मध्यम रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुरमा रेफर गरिएको थापाले जानकारी दिनुभयो ।

मोटरसाइकलमा चालक सहित तीन जना सवार रहेको प्रहरीले जनाएको छ । खाद्रे बनहरीबाट तुलसीपुरतर्फ आउदै गरेको लु.प्र.०२-००१ प १७१७ नम्बरको मोटरसाइकल आज दिउँसो २ बजेतिर तुलसीपुर-४ ठुला खालीमा आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

मोटरसाइकल अनियन्त्रीत भएर रुखमा ठोक्किन गइ सडक देखि ५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस