२०८१ मङ्सिर २३ गते आइतवार

घाेराहीबाट तुलसीपुर आउदै गरेकाे बस दुर्घटना


दाङ, १४ मंसिर ।
घाेराहीबाट तुलसीपुर आउदै गरेकाे बस दुर्घटना भएकाे छ ।बस दुर्घटनामा परी २१ जना घाइते भएका छन् । प्रहरीका अनुसार तुलसीपुर- १८ का १८ वर्षका चल मान बुढामगर, सोही ठाँउका ३२ वर्षका ईन्द्रा थापा, घोराही- ११ बस्ने २५ वर्षका माधब डाँगी सोही ठाँउका ६० वर्षका रुद्र बहादुर कामी, तुलसीपुर- १८ बस्ने बर्ष ६३ वर्षका नर बहादुर नेपाली, सल्यान शारद नगरपालिका १० बस्ने ३६ को ढाकाराम कवंर घाइते भएका छन् ।

यस्तै तुलसीपुर- १७ बस्ने बर्ष १७ वर्षका आँचल शर्मा, तुलसीपुर-१८ बस्ने बर्ष ५९ वर्षका रमा परियार, तुलसीपुर-१७ बस्ने ३६ वर्षका राधा केसी, सोही ठाँउका ४६ वर्षका नर बहादुर नेपाली, रुपन्देहि बुटवल उपमहानगरपालिका-११ बस्ने २६ वर्षका नबिन पराजुलि, भारत तेलगंगा घर भइ ज्योतिष काम गर्ने बर्ष ३९ वर्षका कल्याम जगम, घोराही- ५ बस्ने ५२ वर्षका तिल बिक्रमा गिरि, घोराही-१५ बस्ने ५४ वर्षका डबल बहादुर डाँगि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक थापाका अनुसार तुलसीपुर- १८ बस्ने ३६ वर्षका नन्दकलि वलि, शान्तिनगर गाँउपालिका-६ बस्ने २४ वर्षका नबिन वलि, तुलसीपुर- १८ बस्ने २९ वर्षका आकृति पुन मगर, तुलसीपुर-१७ बस्ने ७९ वर्षका दुर्गा बहादुर केसी, सोही ठाँउका ७८ वर्षका नमा केसी, बसका सहचालक घोराही १४ बस्ने २२ वर्षका सागर नेपाली र घोराही- १७ बस्ने ४० वर्षका गंगाराम पोख्रेल घाइते भएका छन् ।

घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलीपुरका प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

आज शुक्रबार बिहान १० बजेतिर घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख १३८२ नंम्बरको बस आफै अनियन्त्रित भइ तुलसीपुर-१८ डाडागाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस सडक देखी अन्दाजी २/३ मिटर तल खसेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । बसका चालक घोराही- १० बस्ने अन्दाजी २८ वर्षका मनोज चौधरी फरार रहेका छन् । फरार चौधरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस