२०८१ मङ्सिर २३ गते आइतवार

तुलसीपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

दाङ, १४ मंसिर । दाङको तुलसीपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. – ७ तमाखे निवासी ५६ वर्षिय जेम बहादुर सुनारको रुखबाट खसेर मृत्यु भएको हो ।

घर नजिकै रहेको लिपलिपेको रुखको घाँस झार्ने क्रममा रुखको हाँगा भाचिएर गम्भीर घाइते भएका सुनारको मृत्यु भएको हो ।

बिहिबार दिउँसो रुखबाट खसेर उहाँको टाउको र छातिमा गहिरो चोट लागेको थियो ।

गम्भीर घाइते सुनारलाई तत्कालै राप्ती लाईफ केयर हस्पिटल तुलसीपुर पुर्याईएको थियो ।

तर त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई बाँके स्थित शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पताल पुर्याए लगत्तै सुनारलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

सुनारले अटो चलाएर परिवारको दैनिकी चलाउँदै आउनुभएको थियो । मृतक सुनारका श्रीमती र ४ छोरीहरु छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस