२०८१ मङ्सिर २३ गते आइतवार

तुलसीपुरमा बुलेट स्पेयर एण्ड रिपियर हब सञ्चालनमा


दाङ, १३ मंसिर । दाङको तुलसीपुरमा नयाँ व्यवसायहरू धमाधम सञ्चालनमा आउन थालेका छन् । विदेश जाने लहर चलिरहेको समयमा तुलसीपुर-६, घोराही रोडस्थित बजाज सोरुम नजिक बुलेट स्पेयर एण्ड रिपियर हब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ ।

हबका सञ्चालक सुरेन्द्र ओली (सुरज) ले व्यवसायिक वातावरणमैत्री बनाउन र स्थानीय युवालाई रोजगारमा प्रेरित गर्न यो हब स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार विदेशमा श्रम गर्नुभन्दा आफ्नै भूमिमा केही गर्ने अठोटले करिब २० लाख रुपैयाँको लगानीमा हब सञ्चालनमा ल्याइएको हो ।

यस हबमा बुलेट एनफिल्ड तथा अन्य विभिन्न प्रकारका बाइकहरू मर्मत तथा पार्टपूर्जा सेवा उपलब्ध गराइनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले युवाहरूको उद्यमशीलताले निजी क्षेत्रको विकासमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। उहाँले लगानीको सुरक्षा गर्न सकेमा विदेशिने युवाको संख्या घट्ने विश्वास व्यक्त गर्नुभयो।

सञ्चालक ओलीका अनुसार सेवाग्राहीको आवश्यकता र चाहनालाई ध्यानमा राखेर गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यका साथ हब सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस