दाङ, २ मंसिर । लुम्बिनी प्रदेश विपद ब्यवस्थापन गुल्म तुलसीपुरले बिपद ब्यवस्थापन सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको छ । तुलसीपुर–७ पर्सेनीको बसन्तपुरमा भइपरि आउने विपदबाट बच्न, यसबाट हुने क्षति न्यूनिकरण गर्नका लागि स्थानीय नागरिकलाई अभिमूखीकरण गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आगलागी, बाढि पहिरो, डुबान, चट््याङको बारेमा प्रहरी नायव निरीक्षक बालाराम केसीले प्रशिक्षण गर्नु भएको हो । उहाँले प्राकृतिक रुपमा हुने आगलागी भन्दा पनि मानविय त्रुटिबाट हुने क्षतिबाट बच्न सकिने भन्दै सचेत गराउनु भएको हो ।
आगलागी भएपछि अपनाउनुपर्ने सतर्कता, आगलागी हुँदा के गर्ने, आपत्कालीन योजना निर्माण, अथवा घरमा ग्याँस सिलेण्डर लिक भएर लाग्ने आगो सर्तकतापूवर्क निभाउन सकिने बताउनुभयो । प्राय नेपालमा महिलाहरु भान्साको काम गर्ने र उनिहरुले आगो र ग्याँसमा खाना पकाउदा धेरै दुर्घटना भएकाले महिलाहरुलाई प्राथमिकता दिएर प्रयोगात्मक रुममा सचेत गराउने गरेको उहाँको भनाइ छ ।
यसैगरी कार्यक्रममा प्रहरी सहायक हवलदार धनबहादुर चलाउने ग्याँस सिलेण्डर र मट्टीतेल जस्ता प्रज्जलनशील पदार्थलाई सुरक्षित ढगंले राख्नुपर्ने बताउनुभयो । सानो आगो लागेमा फायर एस्ट्ररिङ एसरले निभाउन सकिने बताउनुभयो । उहाँले खाना पकाउँदा वा काम गर्दा मानीसलाई आगोले पोलेमा दौडिने, शरिमा पानी हाल्ने भन्दा पनि हावा नछिर्ने कपडा शरिरमा बेरेर आगो बाट बच्न सकिने बताउनुभयो ।
यस्तै तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसी यस्ता सचेतनामूलक कार्यक्रमले सबैलाई सचेत बन्न सहयोग गर्ने बताउनुभयो । कहिँकतै आगलागीजन्य घटना घटेपनि यस्ता कार्यक्रममा सिकेका ज्ञानले आफु सजक हुँदै आगलागीबाट जो
िगने बताउनुभयो ।
उहाँले यस्ता जनचेतनामूलक कार्यक्रम सबै ठाउँमा फैलाउनुपर्ने बताउनुभयो । विशेषगरी ग्रासरुटमा यो कार्यक्रम आवश्यक रहेको र प्रभावकारी पनि हुने बताउनुभयो । उहाँले आगामी दिनमा प्रहरीसंग सहकार्य गरेर वडा नम्बर–७ का विभिन्न टोलमा सचेतनाका कार्यक्रम गर्ने बताउनुभयो ।