सुर्खेत, २५ कार्तिक । कालीकोटमा जिप दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो । मृतकको नाम र पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलतर्फ प्रहरी र सेनाको टोली गएको र थप विवरण आउन बाँकी रहेको छ । -न्युज कारखानाबाट
प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार


