२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा दिपावलीकाे बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु


दाङ, २१ कार्तिक । दाङमा दिपावलीकाे बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ । तुलसीपर उ.म.न.पा.-१८ बिजौरी निवासी मधु श्रेष्ठको छोरा बर्ष १६ को किशोर श्रेष्ठकाे करेन्ट लागेर मृत्यु भएको हाे ।


किशाेरले आफ्नै घरमा दिपावलीको लागी लगाएको बत्ति निकाल्ने क्रममा एक्कासी बाँया हात र दाँया खुट्टामा करेन्ट लागि घाईते भएकाे र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आज बिहान ११ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय प्रवक्ता प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस